२०८१ बैशाख १५, शनिबार    

बाज्रिल र दक्षिण कोरिया भिड्दै

२०७९ मंसिर १९, सोमबार १०:०० बजे

फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलका दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेलमा समूह ‘ईं’ को विजेता जापानले समूह ‘एफ’ को उपविजेता क्रोएसियासँग खेल्दैछ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनीलाई हराएर समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्दै क्वाटरफाइनलमा पुग्न चहान्छ । दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई एकै संस्करणमा हराउन सफल जापान अर्काे सनसनी पूर्ण नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

यता, विश्व उपविजेता क्रोएसिया पनि जापानमाथि आँफु अनुकुल नतिजा निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । अनुभवी खेलाडीको बाहुल्यता रहेको क्रोएसिया त्यही अनुभवलाई प्रयोग गर्दै कमब्याक किङको छवि बनाएको जापानलाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ ।

अर्काे खेलमा समूह ‘जी’ को विजेता ब्राजिलले समूह ‘एच’ को उपविजेता दक्षिण कोरियासँग खेल्दैछ । यो खेल राति १२ः४५ बजेपछि स्टेडियम ९७४ मा हुनेछ ।

दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा हुनेछ । सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले त्यसपछि अन्य तीन खेलाडीलाई समूह चरणको खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको ब्राजिल लयमा रहेको दक्षिण कोरियालाई पाजित गरेर अघि बढ्न चहान्छ ।

छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई चोट महँगो पर्न सक्नेछ । तर, यस खेलका लागि नेयमार फर्कने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले जनाएका छन्  ।

यता, दक्षिण कोरिया पनि अर्काे स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चहान्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।