२०८१ बैशाख १६, आईतबार    

पत्रकार अधिकारी जनसेवा श्रीबाट विभूषित

२०७९ बैशाख १, बिहीबार १६:१८ बजे

सरकारले पत्रकारितामार्फत् समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै  मकवानपुरे पत्रकार गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गरेको छ ।

विहीबार सरकारले आयोजना गरेको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई विभूषण विभूषित गरेकी हुन् ।

२ दशकभन्दा बढी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेका अधिकारीलाई सरकारले संविधान दिवस २०७८ को अवसर पारी जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको थियो । अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् ।