२०८१ जेठ ४, शुक्रबार    

एमाले मकवानपुरले चैत २५ भित्र उम्मेदवार टुंग्याउने

२०७८ चैत्र १५, मंगलबार १६:५७ बजे

नेकपा एमाले मकवानपुरले चैत २५ गतेसम्म स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनौट गरिसक्ने भएको छ ।

एमाले मकवानपुरको मंगलबार बसेको सचिवालय बैठकले सर्कुलर जारी गर्दै निर्वाचन सम्वन्धि कार्यतालिका निर्माण गरेको हो । कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटीको बैठक चैत २३ र २४ गते तथा पालिका बैठक २५ गते तय बसेर उम्मेदवार टुंग्याउन भनेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरुको उम्मेदवार तथा पालिका बैठकले अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारहरु तय गर्ने र जिल्ला कमिटीलाई सिफारिस गर्ने बताइएको छ ।

जिल्ला कमिटीको बैठक चैत्र २९ गते बस्ने र जिल्ला कमिटीले स्थानीय प्रदेशलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्ने एमाले मकवानपुर सचिव नवीन सिग्देलले जानकारी दिए ।

सचिव सिग्देलका अनुसार सचिवालय वैठकले पार्टीलाई स्थानीय तहमा विजयी बनाउनको लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा परिचालन गर्ने, मतदाता नामवलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागू गर्ने निर्णय गरेको छ । उम्मेदवार टुंगिएसँगै वैशाख ३० गते हुने निर्वाचनका लागि एक महिने अभियान सञ्चालन गर्ने तयारीमा एमाले पुगेको छ ।