२०८१ जेठ ३, बिहीबार    

टिपरतिर ट्राफिक प्रहरीको छड्के नजर

२०७८ माघ ८, शनिबार १७:४७ बजे

हेटौंडा/ टिपरले ओभरलोड बोक्ने गरेको सर्वत्र गुनासो आएसँगै मकवानपुरमा ट्राफिक प्रहरीले दैनिक चेकजाँच गर्न थालेको छ ।

हेटौंडामा रहेको शिवम, ऋद्धिसिद्धी र हेटौंडा सिमेन्टका लागि आवश्यक ढुङ्गा बोक्ने टिपरले विशेष गरी ओभरलोड बोक्ने गरेको गुनासो हेटौंडाबासीको रहेको छ । शुक्रबार ९७ वटा टिपरलाई कारबाही गरेको ट्राफिक प्रहरीले शनिबार १ सय २ वटालाई कारबाही गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालय समेतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले हेटौंडा–११ थानाभर्‍याङ, हेटौंडा–१५, रातोमाटे र ६ चौघडा, मनहरी र भीमफेदी गाउँपालिकामा चेकजाँच गरेको थियो । चेकजाँच गर्दा ओभरलोड बोकेको टिपरलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।