२०८१ बैशाख २३, आईतबार    

मकवानपुरमा शुन्यमा झर्‍यो कोरोना संक्रमित

२०७८ फाल्गुन ३०, सोमबार १६:१० बजे

मकवानपुरमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ । कोरोनो तेस्रो लहरमा दैनिक करिब दुईसयको हाराहारीमा पुगेको संक्रमितको संख्या अहिले शुन्यमा झरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार सोमबार संक्रमितको संख्या शुन्यमा झरेको हो । ‘अहिले स्वाब परीक्षण गराउनेको संख्या ज्यादै न्यून छ । विरामी नै कम भएका कारण यसो भएको हुनसक्छ ।’, उनका अनुसार कोभिड खोपको दायरमा धेरै मानिस आएसँगै यस्तो अवस्था भएको हो ।

‘सरकारले सवै नागरिकले अनिवार्य खोप लगाउने व्यवस्था मिलाएको छ । खोपका कारण अहिलेको अवस्था सम्भव भएको हो ।’, उनले भने । अहिले पीसीआर र एन्टिजेन्ट दुवै विधिबाट कोरोनाको परीक्षण भइरहेको चौलागाईंले बताए । हाल हेटौंडामा कोरोनाविरुद्धको खोप सहजै उपलब्ध भइरहेको छ ।