२०८१ जेठ ४, शुक्रबार    

एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेट

२०७८ माघ ५, बुधबार १४:१४ बजे

काठमाडौं/ एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा एपीएफले पुलिसले २१ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले १९।५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको विजयी लक्ष्य पाएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनायो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए । एपीएफका लागि किशोर महतोले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्रै खर्चिएका थिए ।   यसअघि एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाएका थिए । १५ बलमा ३ छक्का र २ चौका प्रहार गरेका उनले नै एपीएफको रन उकासेका थिए । पुलिसका लागि सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३र३ विकेट लिए । त्यस्तै गुल्सन झाले २ विकेट लिँदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १र१ विकेट लिए ।