२०८१ बैशाख १४, शुक्रबार    

महिला उद्यमी मकवानपुरमा पुनः पाण्डेको नेतृत्व

२०७९ बैशाख २, शुक्रबार ११:३१ बजे

महिला उद्यमी व्यवसायी संघ मकवानपुरको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पुनः सुशीला पाण्डेको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ । बुधबार भएको अधिवेशनबाट पुनः पाण्डेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
संघको उद्योगतर्फ उपध्यक्षमा कविता श्रेष्ठ, वणिज्यतर्फ उपध्यक्षमा रञ्जना श्रेष्ठ, सचिवमा मनु लामा, सहसचिवमा अप्सरा मानन्धर, कोषाध्यक्षमा निर्मला शर्मालाई चयन गरिएको जनाइएको छ । संघको सदस्यहरुमा प्रभा पौडेल, मिलन मानन्धर, सोनी न्यौपाने, जानकी दाहाल, मनिषा घले चयन भएका छन् ।
अधिवेशनमा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । संघकी सल्लाहकार इन्दिरा गुरुङलाई ज्येष्ठ सदस्य सम्मान, भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ र संघकी निवर्तमान कोषाध्यक्ष रमा श्रेष्ठलाई सम्मान गरिएको हो । २०५५ सालदेखि निरन्तररुपमा व्यवसाय सञ्चालन गर्दै आएकी रञ्जना श्रेष्ठलाई उत्कृष्ट व्यवसायी पुरस्कारबाट सम्मानित गरिएको थियो । २०६९ सालबाट व्यवसाय सञ्चालन गर्दै आएकी मनु लामालाई उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरिएको संघले जनाएको छ ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजकुमार न्यौपाने, मकवानपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष गणेशहरि उप्रेती, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, घरेलु तथा साना उद्योग संघ बागमती प्रदेशका निर्देशक शम्भु नेपाल, मकवानपुर चेम्बर अफ कमर्शका अध्यक्ष माधव न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।