२०८१ बैशाख १६, आईतबार    

जनता मावि प्रकरणः शिक्षक विरुद्ध मध्यरातमा जाहेरी दर्ता

२०७८ चैत्र २५, शुक्रबार १०:२१ बजे

छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका तीनजना शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ ।

मकवानपुरको बागमती गाउँपालिका – ८ स्थित जनता माविका शिक्षक लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विक विरुद्ध अभिभावकहरुले गएराती किटानी जाहेरी दिएका हुन् । शिक्षकहरुलाई पक्राउ गर्ने तयारी भईरहेको निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

विद्यालयको कक्षा ४ देखी ८ सम्म अध्ययनरत् १५ जना छात्राहरुले शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै मंगलबार विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए ।

प्रहरीका अनुसार तीनैजना शिक्षक एउटै वडाका हुन् । केहीदेखि विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।