२०८१ बैशाख २१, शुक्रबार    

शिवप्रसाद खनाल घरदैलोमा व्यस्त

२०७९ बैशाख २०, मंगलबार १८:४९ बजे

नेपाली कांग्रेसको तर्फबाट मनहरी गाउँपालिका–१ का उम्मेदवार शिवप्रसाद खनाल घरदैलोमा व्यस्त हुन थालेका छन् ।

स्थानीय तहको चुनावी मिति नजिकिँदै जाँदा उनी जनताको घरदैलोमा पुनः पाँचवर्षका लागि निर्वाचित गरिदिन आग्रह गर्दै अभियान सञ्चालन गरिरहेका छन् । उनले आफ्नो पक्षमा माहौला सिर्जना भएको र कार्यकर्ता उत्साहित पनि भएका कारण आफ्नो जीत हुने दावी गरेका छन् ।
उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा बहुमतसहित निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा अधुरो रहेको काम पूरा गर्न आफू पुनः निर्वाचनमा होमिएको उनले बताए ।

स्थानीय माझ असाध्यै लोकप्रिय रहेका खनालको पक्षमा स्थानीय समाजसेवी तथा सामाजिक अभियान्ता पनि खुलेर समर्थनमा उत्रिएका छन् ।