२०८१ बैशाख १५, शनिबार    

भीमफेदी करागारमा कैदीको मृत्यु

२०७९ असार ८, बुधबार १५:३९ बजे

२०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु भएको छ । ३ वर्ष कैदी जीवन बिताइसकेका हेटौंडा—२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

७ वर्षका लागि कैदी जीवन बिताइरहेका परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङले जानकारी दिनुभयो ।

परियारको थप उपचारका लागि स्वास्थ्य चौकीले हेटौंडा अस्पताल रिफर गरेको थियो । उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको जनाएको छ । हालसम्म परियारको पोस्टमार्टम हुन सकेको छैन भने मृत्यु कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।