हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले राजस्व चुहावट रोक्न आफूले अभियान सञ्चालन गरेका बताएका छन् । सवैभन्दा बढी राजस्व चुहावट हुने नदीजन्य पदार्थको विषयमा आफूले गम्भीरढंगले स्थलगत निरीक्षण र अभियान सञ्चालन गरिरहेको उनले बताएका छन् ।
वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइवटा अध्यादेश जारी गरेका थिए ।
भर्खरैमात्र मकवानपुर सरुवा भएर आएका प्रहरी प्रमुख उपरीक्षक (एसपी) बामदेव गौतम आफू मातहतको इकाईं तथा चौकी अनुगमनमा सक्रिय भएका छन् ।
प्रदेश सरकार गठन भएसँगै बागमती प्रदेशका विभिन्न जिल्लामा बागमती प्रदेश सरकारमार्फत ६९ वटा पक्की पुल निर्माण भएका छन् । प्रदेश सरकारको आफ्नै लगानीका ५० वटा र सङ्घीय ससर्त अनुदानको बाँकी गरी प्रदेशका विभिन्न जिल्लामा ६९ वटा पक्की पुल निर्माण सम्पन्न भएको हो ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०७९/०८० को ‘सुरक्षा कार्ययोजना’ लागू गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडमा उपत्यकाबाहेक वाग्मतीका दश जिल्लाका प्रहरी प्रमुखको उपस्थितिमा १२ वटा प्राथमिकता र एक सयवटा क्रियाकलाप गर्ने गरी कार्ययोजना लागू गरेको हो ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट १८ करोड ८२ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ ।
माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) ले विभिन्न समयमा पेश गर्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वन विज्ञान क्याम्पसमा विद्यार्थीले मंगलबार तालाबन्दी गरेका छन् ।